पहिलाे टेष्ट बराबरीतर्फ अगाडी

इंग्ल्याण्ड र वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट बराबरीतर्फ उन्मुख भएकाे छ । चौथो दिनको खेल सकिदा इंग्ल्यान्डले १७० रनको अग्रता लिएको छ।

दोस्रो इनिङ्ग्समा ८ विकेटको क्षतिमा इंग्ल्याण्ड २ सय ८४ रन बनाएर खेलिरहेको छ ।

इंग्ल्यान्डका लागि दोस्रो इनिङ्ग्समा डोम सिब्लीले ५० रन जोडे भने जाक क्राउलीले सबैभन्दा बढी ७६ रनको योगदान दिए।

कप्तान बेन स्टोक्सले पनि ४६ रनकाे याेगदान गरे । बलिङमा वेस्ट इन्डिजका सानन ग्राबियलले ३ विकेट लिएका छन्।

यसअघि पहिलो इनिङ्ग्समा इंग्ल्यान्ड २ सय ४ रनमा अलआउट भएको थियो।

जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३ सय १८ रन बटुलेको थियो।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest