चेतनमा काेराेना पाेजेटिभ

भारतीय पूर्व क्रिकेटर चेतन चौहानलाई कोरोना पोजेटिभ देखिएको छ । कोरोना पुष्टि भएपछि उनलाई लखनउको संजय गान्धी अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय पूर्व क्रिकेटर आकाश चोपडाले चेतनलाई कोरोना पोजेटिभ भएको सोसियल मिडियाबाट जानकारी दिएका हुन । उनको श्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । पीसीआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको र तत्काल अस्पताल भर्ना भएको बताइएको छ ।

भारतीय टिमका लागि ४० टेष्ट र सात एकदिवसिय खेल खेलेका चेतनले १९६९ मा डेब्यु गरेका थिए । उनले टेष्टमा दुई हजार ८४ तथा एकदिवसियमा १५७ रन बनाएका छन । हाल ७२ बर्षमा हिडिरहेका चेतनले घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफि महाराष्ट्र र दिल्लीबाट खेलेका थिए ।

उनी केहि समय अगाडी क्रिकेट विश्लेषकका रुपमा मिडियामा काम पनि गरेका थिए । चेतन भारतीय जनता पार्टीका नेता पनि रहेका छन भने नेशनल इन्च्युट अफ फेसन टेक्नोलोजीका अध्यक्षपनि बनिसकेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest