बिराटनगरमा क्रिकेट मैदानका लागि एक प्रदेश सरकारकाे २ कराेड

मोरङको बैजनाथपुर क्रिकेट मैदानको निर्माणका लागि प्रदेश नम्वर एक सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको छ । निर्माणाधिन अवस्थामा रहेको क्रिकेट मैदानलाई एक बर्षमा पुर्ण रुपमा खेल्न योग्य बनाउनका लागि प्रदेश एक सरकारले सो रकम विनियोजन गरेको हो ।

सातौं राष्ट्रिय खेलकुदका बेला कामचलाउन बनाएर क्रिकेट प्रतियोगिता आयोजना गरेको राष्ट्रिय खेलकुद परिषद्ले त्यसपछि यो मैदानका लागि थोरे थोरै रकम छुट्याएको थियो । जसका कारण काम पनि निकै सुस्त भइरहेको थियो ।

निर्माण सुरु भएको पाँच बर्षमा पनि मैदानले कामको पुर्णता पाएको छैन अहिलेपनि मैदान सामान्य रुपमा खेल्न योग्य मात्र रहेको छ । तर अब विनियोजित बजेटबाट मैदानलाई राम्रोसँग निर्माण गरेर आगामी बर्षबाट प्रतियोगिता नै गर्ने योजना रहेको छ ।

यो मैदानका लागि आगामी आर्थिक बर्षको खेलकुद बजेटमा पनि रकम छुट्याइएको छ । बैजनाथपुर मोरङमा क्रिकेट मैदान र फुटबल मैदानमा ट्रयाक एन्ड फिल्ड र ड्रेनको डिजाइन रिभ्यू र निर्माण भनेर १० लाख रुपैयाँ रातो किताबमा राखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest