इंग्ल्याण्डले वेष्ट इन्डिजलाई दुई सय रनकाे लक्ष्य

इंग्ल्याण्डले वेष्ट इन्डिजलाई पहिलो टेष्टमा दुई सय रनका लक्ष्य दिएको छ ।

दोस्रो पारीमा इंग्ल्याण्ड तीन सय १३ रनमा अलआउट भएपछि पाहुना टिम वेष्ट इन्डिजले दुई सय रनको लक्ष्य पाएको हो ।

पाँचौ दिन इंग्ल्याण्डले दुई सय ८४ रनमा आठ विकेटको क्षतीबाट आफ्नो पारी सुरु गरेको थियो । तर उसले अरु २९ रन बनाउँदा अलआउट भयो । जसका कारण वेष्टइन्डिजले दुई सय रनको लक्ष्य हात पारेको हो ।

साउथह्याम्टनमा जारी खेलमा पहिलो पारीमा इंग्ल्याण्ड दुई सय चार रनमा अलआउट भएको थियो । जवाफमा वेष्ट इन्डिजले तीन सय १८ रन बनाएको थियो ।

पहिलो पारीमा नै पछाडी परेको इंग्ल्याण्डले दोस्रो पारीमा जेक ब्राउनीको ७६, डाम सिबलीको ५० र बेन स्टोकको ४६ रनको सहयोगमा तीन सय १३ रन बनायो । वेष्ट इन्डिज जवाफि ब्याटिङमा उत्रिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest