इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज विजयी

इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाहुना टोलि वेष्ट इन्डिज विजयी भएको छ ।साउथह्याम्पटनको एजेस बाउलमा आइतबार वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो ।

जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १-० को अग्रता बनाएको छ ।

पहिलो टेष्टको पाँचौ दिन दोस्रो इनिङ्समा घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इन्डिजले २ सय रनको लक्ष्य पाएको थियो ।

इंग्ल्यान्डबाट पाएको मध्यम लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर पुरा गर्यो ।

वेष्ट इन्डिजका लागि जेर्मानी ब्लाकवुडले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोस्टन चेसले ३७ तथा शेन डरिचले २० रन बनाए । कप्तान जासन होल्डर १४ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा कप्तान बेन स्टोक्सले २ विकेट लिएपनि वेष्ट इन्डिजलाई रोक्न सकेनन् ।

यस अघि दोस्रो इनिङ्समा इंग्ल्यान्डको लागि ज्याक क्रलीले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा डोम सिब्लीले ५० रन बनाए । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोड्दा रोरी ब्रुन्सले ४२ रन जोडे । जोफ्रा आर्चरले २३ रन बनाए ।

वेष्ट इन्डिजका शानोन गार्ब्रियलले ५ विकेट लिए । अल्जारी जोसेफ र रोस्टन चेसले २/२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest