इंग्ल्याण्ड र वेष्ट इन्डिजको दोस्रो टेष्ट आजबाट सुरु

इंग्ल्याण्ड र वेष्ट इन्डिजको दोस्रो टेष्ट आजबाट सुरु हुँदैछ । पहिलो टेष्टमा ३२ बर्षपछि चार विकेटको जित निकालेको वेष्ट इन्डिजको नजर अब सिरीजमा रहेको छ ।

यता पहिलो टेष्टमा खराव ब्याटिङका कारण हार ब्यहोरेको घरेलु टिम इंग्ल्याण्डलाई सिरीज बराबरी गर्न दबाव रहेको छ । पहिलो पटक इंग्ल्याण्ड टिमको कप्तानी गरेका बेन स्टोक त्यति सफल भएनन् । दोस्रो टेष्टमा नियमित कप्तान जो रुट फर्किसकेका छन ।

आज इंग्ल्याण्डको टिममा केहि परिवर्तन हुनेछन । दोस्रो टेष्टमा साम करन टिममा पर्ने संभावना रहेको छ । म्यानचेस्टरको वल्ड ट्राफोर्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेबाट सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest