इंग्ल्याण्डकाे कमजाेर सुरुवात

इंग्ल्याण्ड र वेष्ट इन्डिज विचको दोस्रो टेष्टमा पाहुना टिमले टस जितेर बलिङ गरिरहेको छ ।

म्यानचेस्टर स्थित वल्ड ट्राफोर्ड मैदानमा जारी खेलमा वेष्ट इन्डिजले टस जितेर इंग्ल्याण्डलाई ब्याटिङमा बोलाएको छ ।

तर दोस्रो टेष्टमा पनि इंग्ल्याण्डले सुरुवात भने राम्रो गर्न सकेन । उसले सस्तैमा आफ्ना सुरुवाती दुई विकेट गुमायो ।

दोस्रो टेष्टमा इंग्ल्याण्डका मुख्य बलर जोफ्रा आर्चरलाई टिमबाट बाहिर राखिएको छ भने उसका नियमित कप्तान जो रुट टिममा फर्किएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest