भाटी पाकिस्तान टिममा फर्किए

पाकिस्तान क्रिकेट टिमका कासिफ भाटीलाई फेरी टिममा फर्किन अनुमति दिइएको छ । हाल इंग्ल्याण्डमा रहेको पाकिस्तान टिमका भाटीलाई कोरोनाको संकास्पद कारणले छुट्टै आइसोलेसनमा राखिएको थियो ।

भाटी अरु खेलाडी भन्दा निकै पछि मात्र इंग्ल्याण्ड गएका थिए । पाकिस्तानमा भएको कोरोना परिक्षणका बेला उनलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । तर त्यसपछिका दुई वटा परिक्षणमा उनलाई नेगेटिभ देखिएको थियो ।

तर इंग्ल्याण्डमा पुगेपछि उनलाई इंग्ल्याण्ड क्रिकेट बोर्डको नियम अनुसार कोरोना परिक्षण भएको थियो । जसमा उनलाई सेल्फ आइसोलेसनमा राखिएको थियो । उनको बेलायतमा पनि दुई पटक भएको परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि टिमसँग प्रशिक्षणमा फर्किन भनिएको हो ।

भाटी हैदर अली र इमरान खानसँग इंग्ल्याण्ड गएका थिए । जसमा मलङ अलीपनि रहेका थिए । उनीहरु जुलाई आठ तारिखमा इंग्ल्याण्ड पुगेका थिए । बेलायत पुगेपछि पाकिस्तानी टिमलाई बारम्बार कोरोनाको परिक्षण गरिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest