सम्हालिएर ब्याटिङ गर्दै इंग्ल्याण्ड

वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको पहिलो दिन घरेलु टिम इंग्ल्याण्डले सम्हालिएर ब्याटिङ गरेको छ ।

उसले पहिलो दिनको खेल सकिदा तीन विकेट गुमाएर दुई सय सात रन बनाएको छ ।

म्यानचेस्टरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डका लागि डोम सिब्लेले अविजीत ८६ रन बनाएका छन भने कप्तान जो रुटले २३ रन बनाए ।

यस्तै रोरे बन्र्सले १५ रन बनाए । पहिलो टेष्टका कप्तान बेन स्टोक ५९ रनमा खेलिरहेका छन ।

अब इंग्ल्याण्डले दुई सय सात रनमा तीन विकेटको अवस्थामा आफ्नो दोस्रो दिनको खेल सुरु गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest