आइपिएल युएईमा हुने सम्भावना

इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (युएई) मा हुने सम्भावना रहेको छ ।

कोरोना भाइरस महामारीको कारण भारतमा यस वर्ष आइपिएल गर्ने सम्भावना न्यून भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले युएईमा गर्ने सोच बनाएको छ । शुक्रबार बसेको बिसिसिआईको भर्चुअल बैठकले आइपिएल आयोजना बारे ठोस निर्णय भने गर्न सकेन ।

बिसिसिआई अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले स्थगित गर्ने आशामा छ । बिसिसिआईलाई युएई क्रिकेट बोर्ड र श्रीलंका क्रिकेट बोर्डले आफ्नो देशमा आइपिएल गर्न प्रस्ताव गरेका थिए । यसै वर्ष पाकिस्तानमा सेप्टेम्बरमा हुने तय भएको टि२० एसिया कप स्थगित भएको छ । बिसिसिआईले आइपिएल सेप्टेम्बर देखी नोभेम्बरकोबीचमा गर्ने सोच बनाएको छ ।

यसअघि सन् २०१४ मा भारतमा आम निर्वाचनको कारण युएईमा आइपिएलका केहि खेल भएका थिए । सन् २००९ मा आम निर्वाचनकै कारण आइपिएलको पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest