बंगलादेश क्रिकेट टिमकाे प्रशिक्षण फर्किदै

बंगलादेशको क्रिकेट टिम पनि अभ्यासमा फर्कने भएको छ । पाकिस्तान,श्रीलंका, अफगानिस्तान पछि दक्षिण एशियामा बंगलादेशको टिम अभ्यासमा फर्किन लागेको हो । आजदेखि अभ्यास शुरु भएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । पहिलो चरणमा ९ जना खेलाडीले अभ्यास गर्ने छन् । त्यो पनि चार अलग अलग ठाउँमा अभ्यास गर्ने जनाइएको छ ।

यसमा पूर्व कप्तान मुश्फिकुर रहिम, इमरुल कायस, मोहम्मद मिथुन र शफीउल इस्लामले ढाकामा अभ्यास गर्ने छन् । त्यसैगरी सैयद खालिद अहमद र नसुम अहमदले सिलहटमा अभ्यास गर्दा नुरुल हसन र मेहन्दी हसनले खुलनामा तथा नइम हसनले चट्गाउँमा अभ्यास गर्ने जनाइएको छ ।

ढाकाको शेर–ए–बांग्ला नेशनल क्रिकेट एकेडेमीमा अभ्या हुने छ । यस्तै चट्गाउँको जहुर अहमद चौधरी र सिलहटको इन्टरनेशनल क्रिकेट स्टेडियममा अभ्यासका लागि व्यवस्था मिलाइएको छ । यस्तै खुलानामा शेख अबू नासेर स्टेडियममा नेट अभ्यास हुने छ ।

बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अनुसार ढाकाको शेर–ए–बांग्ला क्रिकेट स्टेडियममा अभ्यास गर्ने खेलाडीले जिम सेशनका साथै इन्डोर सेन्टर ब्याटिङको पनि अभ्यास गर्न पाउने छन् । अरु तीन स्टेडियममा जीम र दौड्ने मात्रै सुविधा रहेको छ । पछिल्लो महिना बंगलादेशका पूर्व कप्तान मशरफे मोर्तजाका साथै नजमुल इस्लाम र नफीस इकबाललाई कोरोना पुष्टि भएको थियो ।

बंगलादेशभन्दा पहिला पाकिस्तान, श्रीलंका र अफगानिस्तानले अभ्यास शुरु गरेका हुन् । पाकिस्तानको टिम अहिले टी २० तथा टेस्ट सिरिजका लागि इंग्ल्याण्डमा रहेको छ । तर, क्रिकेटको पावर हाउसको रुपमा रहेको भारतले भने अझै अभ्यास शुरु गर्न सकेको छैन । भारतमा कोरोनाका विरामीको संख्या अत्याधिक रहेकाले पनि अभ्यास शुरु गर्न नसकिएको जनाइएको छ । अहिले भारत विश्वमा सर्वाधिक कोरोना संक्रमित देशको तेस्रो स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest