आइसीसीको बैठक भोली

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बैठक भोली बस्दैछ । यसमा टी २०विश्वकपका बारेमा निर्णय हुने बताइएको छ ।

पछिल्लो पटक आइसीसीको निर्णय कुरेर बसिरहेको भारतीय क्रिकेट बोर्डले भोली टी २० विश्वकप रद्द हुनेमा आशावादि देखिएको छ ।

इसीसीले टी २० विश्वकप रद्द गरेमा त्यो समयमा आइपीएल गर्ने योजनामा बीसीसीआई रहेको छ । यता अष्ट्रेलियाले पनि अनौपचारिक रुपमा यो बर्ष टी २० विश्वकप आयोजना गर्ने चाहना नभएको बताइसकेको छ ।

तर त्यहाँका खेलकुद मन्त्रीले भने सरकार विश्वकप गर्ने इच्छामा रहेको बताएका थिए । केहि समय अगाडी अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिसनले २५ प्रतिशत दर्शकलाई मैदानमा प्रवेश गराउने बताएका थिए ।

जसका कारण यो बर्षको टी २० विश्वकप तोकेको समयमा हुने आशा गरिएको थियो । यता आइपीएल यूएईमा गर्ने योजना भएको छ । जसका लागि टिमका मालिकहरुले यूएईमा होटेलहरु खोज्न सुरु गरेको बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest