दाेस्राे टेष्टमा इंग्ल्याण्ड बलियाे अवस्थामा

वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्डले आफुलाई बलियो स्थितीमा राखेपनि खेल भने बराबरीतिर उन्मुख भएको छ ।

दोस्रो दिनको खेलमा बर्षा बाधक हुँदा चौथो दिनको खेल सकिदा इंग्ल्याण्डले दुई सय १९ रनको अग्रता बनाएको छ । पहिलो पारिमा इंग्ल्याण्डले बनाएको चार सय ६९ रनलाई पक्ष्याएको वेष्ट इन्डिज मात्र दुई सय ८७ रनमा अलआउट भयो ।

वेष्ट इन्डिजका कार्लोस ब्रेथवेटले ७५ रन बनाए भने सम्राह ब्रोक्सले ६९ तथा रोस्टोन चेजले ५१ रन बनाए । बलिङमा स्टुवार्ट बोर्ड र क्रिस वोक्सले तीन तीन विकेट लिए ।

त्यसपछि दोस्रो पारिको सुरुवात गरेको इंग्ल्याण्डले चौथो दिनको खेल सकिदा ३७ रन बनाएको दुई विकेट गुमाएको छ । आज उसले सोहि अवस्थाबाट पाँचौ दिनको खेल सुरु गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest