इंग्ल्याण्डका खेलाडीले परिवार भेट्न पाउने

इंग्ल्याण्ड क्रिकेट टिमका खेलाडीले पाकिस्तानविरुद्धको सिरीज भन्दा अगाडी चार दिन घर जान पाउने भएका छन । जैविक दुरीकाे नियमका कारण पाकिस्तान सिरीजसम्म आफ्नो घर जाने अनुमति थिएन ।

केहि दिन अगाडी तिब्र गतिका बलर जोफ्रा आर्चर पहिलो टेष्टपछि घर गएका थिए । जसका कारण उनलाई दोस्रो टेष्टबाट बाहिर राखिएको थियो भने १५ हजार पाउण्ड जरिवाना पनि सुनाइएको थियो ।

तर अब इंग्ल्याण्ड र वेल्स क्रिकेट संघले खेलाडीलाई चार दिन घर जान दिने तर कुनैपनि रेस्टुरेन्ट वा पब्लिक स्थानमा जान भने प्रतिबन्ध लगाएको छ । पाकिस्तान सिरीज सुरु हुन भन्दा अगाडी अर्थात अगष्ट दुई तारिखमा सबै खेलाडी म्यानचेस्टर पुग्नुपर्नेछ ।

अचानक आफ्नो घर गएका आर्चरको दुई पटक कोरोना परिक्षण हुने भएको छ । पाकिस्तानविरुद्धको पहिलो टेष्ट अगष्ट पाँच तारिखमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest