माेहम्मद आमीरले इंग्ल्याण्डविरुद्धको सिरीज खेल्ने

पाकिस्तानका तिब्रगतिका बलर मोहम्मद आमीरले इंग्ल्याण्डविरुद्धको सिरीजका लागि आफु उपलब्ध हुने बताएका छन ।

इंग्ल्याण्ड भ्रमणमा गएका बेला सुरुवातमा टिमको घोषणा हुँदा पारिवारीक कारणले नाम फिर्ता लिएका आमीरले टी २० सिरीजका लागि आफु खेल्न तयार रहेको बताएका छन ।

पाकिस्तान क्रिकेट बोर्डले उनको कोरोना परिक्षण गरेर इंग्ल्याण्ड पठाउने तयारी गरेको छ । उनको आज पहिलो चरणको कोरोना परिक्षण भएको छ भने यसपछि पनि फेरी परिक्षण हुनेछ । टेष्ट क्रिकेटबाट सन्यास लिइसकेका आमीरले सिमित ओभरको क्रिकेट खेल्ने निर्णय गरेका थिए ।

इंग्ल्याण्डविरुद्धको पहिलो टी २० अगष्ट २८ मा म्यानचेस्टरमा हुनेछ । उनले आफ्नो दोस्रो बच्चाको जन्ममिती यहि सिरीजका बेला जुध्ने भन्दै नाम फिर्ता लिएका थिए ।

उनको दोस्रो बच्चा जुलाई १७ मा जन्मिएको थियो । उनी बुधबार बेलायत जानसक्ने बताइएको छ । त्यहाँ पुगेर उनले १० दिनको क्वारेन्टिन बस्नुपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest