मुख्य प्रशिक्षकका लागि एक सातामा दरखास्त आह्वान हुने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि नेपाल क्रिकेट संघ क्यानले एक सातामा खुल्ला दरखास्त आह्वान गर्ने भएको छ ।

क्यानको सोमबार दिउँसो बसेको कार्यसम्पादनको बैठकले आइसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र ब्यवस्थापकका लागि एक सातामा दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकमा क्यानले सात वटा निर्णय गरेको छ । जसमा सात प्रदेशका लागि प्रशिक्षकको दरखास्त खुल्ला गरिने भएको छ भने मुलपानी सहित अरु तीन वटा मैदानका लागि एक एक जना क्युरेटर नियुक्त गरेको छ ।

यसका साथै क्यानले भदौंको १५ भित्रमा क्यानको साधारण सभा गर्ने पनि निर्णय गरेको छ । यसका साथै विक्रम न्यौपानेलाई नेपाली राष्ट्रिय टिमको पूर्णकालिन फिजियाको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै क्यानको केन्द्रिय सदस्य जयन्ती भट्टको संयोजकत्वमा साद सदस्यिय महिला क्रिकेट विकाश समिती बनाएको छ । यसमा अन्य सदस्यहरु विस्तारै थपिदै जाने भएका छन ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा उमेश पटवालले राजिनामा दिएपछि त्यो पोष्टमा क्यानले प्रशिक्षक खोजिरहेको छ । अब आइसीसी र एसीसीको सल्लाहमा खुल्ला प्रतिस्पर्धामा क्यानले प्रशिक्षक छनोट गर्ने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest