दाेस्राे टेष्टमा इंग्ल्याण्ड विजयी

वेस्ट इण्डिज बिरुद्धको दोश्रो टेस्टमा घरेलु टोली इंग्ल्यान्डले ११३ रनको जित रोमाञ्चक जित निकालेको छ । जीतसँगै इंग्ल्यान्डले तीन खेलको शृंखला १-१ को बराबरीमा पुर्याएको छ ।

टस हारेर पहिले ब्याटिंङ गरेको इंग्ल्यान्ड आफ्नो पहिलो पारीमा चार सय ६९ रनको विशाल योगफल बनायो । ओपनर डोम सिब्ली र बेन स्टोक्सले शतक प्रहार गरेसँगै इंग्ल्यान्डले नौं विकेटको नोक्सानीमा चार सय ६९ रन बनाएर आफ्नो पहिलो पारी सकिएको घोषणा गरेको थियो । स्टोक्सले सर्वाधिक एक सय ७६ रन बनाए भने सिब्लीले पनि १२० रनको पारी खेले । जवाफमा पहिलाे पारीमा वेस्ट इण्डिज मात्र २८७ रनमा समेटियाे ।

दाेस्राे पारीमा इंग्ल्यान्डले तीन विकेटको नोक्सानीमा १२९ रन बनाएर पारी सकिएको घोषणा गरेको थियो । इंग्ल्यान्डले दिएको तीन सय १२ रनको लक्ष्य लिएर ब्याटिंङमा आएको वेस्ट इण्डिजले ७० दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र एक सय ९८ रन बनाउन सक्यो । वेस्ट इण्डिजका शामर्ह ब्रूक्सले सर्वाधिक ६२ तथा जेर्मेन ब्ल्याकउडले ५५ रन जोडे पनि आफ्नो टोलीलाई हारबाट बचाउन सकेनन् ।

वेस्ट इण्डिजले चौथों दिनको खेल एक विकेटको नोक्सानीमा मात्र ३२ रनको अवस्थाबाट सुरु गरेको थियो भने उसले एक सय ५५ रन जोड्दै आफ्नो बाँकी नौं विकेट गुमाएको हो । वेस्ट इण्डिजको तर्फबाट ओपनर क्रेग ब्राथवेटले सर्वाधिक ७५ रन जोडे भने ब्रूक्सले ६८ तथा रोस्टन चेजले पनि ५१ रनको योगदान दिए । इंग्ल्यान्डका लागि दोश्रो पारीमा स्टुवार्ट बोर्डले सर्वाधिक तीन विकेट लिए भने क्रिस वोक्स, डोम बेस र बेन स्टोक्सले समान २-२ विकेट लिए ।

वेस्ट इण्डिजलाई सस्तैमा रोक्ने क्रममा स्टुवार्ट बोर्ड र क्रिस वोक्सले समान तीन तीन विकेट लिए भने साम कुर्रानले पनि दुई विकेट हात पारे ।साउथह्याम्टनमा भएको पहिलो टेस्टमा वेस्ट इण्डिजले चार विकेटको रोमान्चक जीत हात पारेको थियो । अन्तिम टेस्ट जुलाई २४ मा म्यानचेस्टरमा नै आयोजना हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest