आइपिएल दुबईमा हुने पक्का

इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्समा हुने पक्का भएको छ ।

अर्को बैठकमा आपचारिक रुपमा घोषणा गर्ने पटेलले क्रिकइन्फोलाई बताएका छन् । यद्यपि प्रतियोगिताको मितिबारे भने निर्णय भइसकेको छैन । आइपिएल २०२० सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्ने तयारी भई रहेको छ । पटेलका अनुसार आइपिएलका खेल दुबई, आवूधावी र शारजाहमा हुनेछन् । भारतीय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल तालिका अनुसार आइपिएल नोभेम्बर ७ सम्म सक्नुपर्ने हुन्छ । भारतको डिसेम्बर पहिलो साता देखि अष्ट्रेलियामा चार टेष्ट सिरिज खेल्ने कार्यतालिका छ । १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

‘हामीले टि२० विश्वकप आइसिसीबाट औपचारिक स्थगितको पर्खाइमा थियौं । हामीले भारत सरकारसँग अनुमतिका लागि निवेदन दिएका छौं र अनुमति पाउनु पर्छ’, उनले भने । आइपिएल अप्रिलमा हुने तय थियो । तर कोरोना भाइरसको महामारीको कारण अनिश्चित समय सम्मको लागि सरेको थियो ।

आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आइपिएलका २० खेल भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest