दक्षिण अफ्रिकासँग टी-२० सिरीजकाे प्रस्ताव

इन्डियन प्रिमियर लिग सुरु हुनुभन्दा अगाडी भारतीय क्रिकेट बोर्डले दक्षिण अफ्रिकासँग टी २० सिरीजका लागि प्रस्ताव गरेको छ ।

यूएईमा हुने आइपीएल अगाडी यूएईमा नै ती टी २० खेलको सिरीजका लागि बीसीसीआईले दक्षिण अफ्रिकी क्रिकेट बोर्डलाई प्रस्ताव गरेको हो ।

यसका लागि दुबै बोर्डले गम्भिर रुपमा छलफल गरिरहेका छन भने हुने संभावना उच्च रहेको बीसीसीआईका एक पदाधिकारीले बताएका छन ।

भारतीय क्रिकेट बोर्डले सेप्टेम्बर २६ देखि नोभेम्बर आठ तारिखसम्म यूएईमा आइपीएल गर्ने तयारी गरेको छ । तर आइपीएलको आधिकारीक प्रशारण संस्था स्टारले दिवालीका बेला आइपीएल गर्न लागेको भन्दै असन्तुष्टी जनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest