प्रविधिले फरक पारेकाे क्रिकेट

विश्वमा आधिकारीक रुपमा क्रिकेट सुरुवात १८७७ मा भएको थियो । तर समयसँगै यो खेलमा प्रविधिको विकाश पनि भएको छ । क्रिकेटमा नयाँ नयाँ प्रविधि आउँदा धेरै कुराको सहजपन भएको छ ।

पछिल्लो पटक इंग्ल्याण्ड र वेष्ट इन्डिज विचको टेष्ट सिरीजमा नयाँ प्रविधिको प्रयोग भयो । कोरोना भाइरसका कारण प्रत्यक्ष प्रशारणमा मानिसको प्रयोग कम गर्नका लागि ब्रोडकास्टर्सले रोबोट क्यामराको प्रयोग गर्यो । जसमा टसपनि खिचिएको थियो भने कप्तानसँग कुराकानीपनि त्यहि रोबोट क्यामराले गरेको थियो ।

क्रिकेटमा अहिलेसम्म भएको प्रविधिको विकाश कस्तो छ,

क्रिकेटमा बर्षा भएपछि खेल संभव हुँदैन, बर्षापनि यदि पिचलाई सुकाउनका लागि रोलरको प्रयोग १९५३ बाट सुरु भएको थियो । त्यो बेला फोम रोलरको प्रयोग पहिलो पटक भएको थियो ।
त्यसपछि १९७९ मा मैदानमा जमेको पानीलाई हटाउन सुपर सपरको प्रयोग सुरु भएको थियो । जुन आजपनि ठुलो मैदानका लागि प्रयोग गरिन्छ ।

१९७१ मा अष्ट्रेलियाको सिड्नी मैदानमा इंग्ल्याण्डसँगको खेल पहिलो पटक टेलिभिजनमा प्रशारण गरिएको थियो । इंग्ल्याण्ड र अष्ट्रेलियाको यो खेल सताब्दिको टेष्ट भनेर भनिन्छ । त्यसको खेलको नतिजा टिभीमा देखाइएको थियो ।

क्रिकेट अगाडी बढेसँगै प्रविधिले पनि साथ दियो । यस्तैमा सन् २००९ मा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले डिसीजन रिभ्यू सिस्टम (डिआरएस) सुरुवात गर्यो । अम्पायरको निर्णयलाई यो प्रविधिको माध्यमबाट उल्ट्याउन सकिन्छ । यसको पहिलो प्रयोग पाकिस्तान र न्यूजिल्याण्ड विचको खेलमा गरिएको थियो ।

त्यसपछि आधुनिक प्रविधिको प्रयोग झन झन बढ्दै गयो, अहिले आएर यो रोबोट क्यामरासम्म पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest