बंगलादेशको श्रीलंका भ्रमण अक्टोबरमा हुने संभावना

कोरोना भाइरसका कारण स्थगित भएको बंगलादेशको श्रीलंका भ्रमण अक्टोबरमा हुने संभावना रहेको छ । श्रीलंकासँगको तीन टेष्टको सिरीज जुन श्रीलंकमा हुने तालिका थियो, त्यो यसअघि स्थगित भएको थियो । तर अब यो सिरीज अक्टोबरमा गर्ने तयारीमा दुबै देशका क्रिकेट बोर्डहरुको योजना छ ।

यो सिरीज विश्व टेष्ट च्याम्पियनसिपको एउटा अंशपनि रहेको छ । यो सिरीज यसअघि जुलाईको अन्तिम र अगष्टको पहिलो सातामा तोकिएको थियो । अब टी २० विश्वकप एक बर्षका लागि सरेपछि त्यो समयमा यो सिरीज गर्ने योजना बनेको हो ।

बंगलादेश क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत निजामुद्दिन चौधरीले आइसीसीले तीन बर्षमा तीन वटा विश्वकप गर्ने निर्णयसँगै बंगलादेश क्रिकेट बोर्डलाई आफ्नो रोकिएको सिरीज गर्न सहज भएको र त्यसमा श्रीलंकासँगको सिरीज पहिलो भएको बताए ।

यसका साथै उनले आयरल्याण्डसँगको सिरीजका लागि पनि नयाँ मिती तोकिने बताएका छन । यस्तै अष्ट्रेलिया र न्यूजिल्याण्डसँगको सिरीज बंगलादेशमा कोरोनाको प्रभाव कम हुनेवितिक्कै आयोजना गर्ने उनले बताए । यसका साथै ढाका प्रिमियर लिग सुचारु गर्नमा पनि योजना रहेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest