आइसीसीद्वारा फेरी २ वटा प्रतियाेगिता स्थगित

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले कोरोनाका कारण आइसीसी क्रिकेट विश्वकप लिग दुईको एउटा सिरीज स्थगित गरेको छ । यसका साथै आइसीसीले यू–१९ विश्वकपको क्षेत्रीय छनोटपनि स्थगित गरेको छ ।

विश्वकप लिग टु अन्तर्गत नामिवियामा सेप्टेम्बरमा हुने सिरीज कोरोनाका कारण स्थगित गरिएको छ । यो प्रतियोगितामा नामिविया, पपुवा न्यूगिनी र अमेरीका खेल्ने तालिका थियो ।

यस्तै यू १९ विश्वकपको क्षेत्रीय छनोट अन्तर्गत अफ्रिकामा हुने भनिएको प्रतियोगिता स्थगित भएको थियो । यसअघि यो प्रतियोगिता तान्जिनियामा अगष्ट सात देखि १४ तारिखमा हुने तालिका थियो । प्रतियोगिामा केन्या, मोजाम्बिक, रुवान्डा, सियरा लियोन, तान्जिनिया र बोट्स्वानाले प्रतिस्पर्धा गर्ने तालिका थियो ।

कोरोनाका कारण विश्वकप लिग टु अन्तर्गत नेपालले नामिविया र स्कटल्याण्डमा खेल्ने दुई वटा प्रतियोगिता यसअघि नै स्थगित भइसकेका छन । ती प्रतियोगिता अक्टोबरपछि हुने योजना रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest