आर्चरले वेष्ट इन्डिजविरुद्धको तेस्रो टेष्ट खेल्ने

इंग्ल्यान्डका बलर जोफ्रा आर्चरले वेष्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेल्ने भएका छन ।

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले अन्तिम टेष्टका लागि घोषणा गरेको १४ जनाकाे टिममा आर्चर परेका छन् ।

यस अघि कोभिड-१९ को जैविक सुरक्षाको नियम उलंघन गरेपछि आर्चर दोस्रो टेष्टमा टिममा थिएनन् ।

आर्चर पहिलो टेष्ट सकिएपछि नियम उलंघन गर्दै घर गएका थिए । जसको कारण बोर्डले उनलाई दोस्रो खेलमा टिम बाहिर राख्दै जरिवाना समेत गरेको थियो ।

घरबाट फर्किएपछि आर्चर पाँच दिनको आईसोलेसनमा बसेका थिए । र, उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै अन्तिम खेलका लागि जेम्स एण्डरसन र मार्क वुडले समेत १४ सदस्सीय टिममा स्थान बनाएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest