आइपीएलकाे मिती तय

इन्डियन प्रिमियर लिग सेप्टेम्बर १९ तारिखबाट यूएईमा हुने भएको छ ।

टी २० विश्वकप र एशिया कप रद्द भएपछि बीसीसीआईलाई आइपीएल गर्नका लागि निकै सहज भएको हो ।

तर कोरोनाको महामारी भारतमा अझैपनि कायमै रहेको र दिनकै तिब्ररुपमा बढि रहेको बेला आइपीएल घरेलु मैदानमा गर्न कठिन हुने भएपछि बीसीसीआईले यूएईमा गर्ने तय गरेको हो ।

बीसीसीआईले आइपीएलको आधिकारीक मिती सार्वजनिक नगरेपनि सहभागि टिमलाई भने बताइसकेको छ ।

सहभागि सबै टिमले खेलाडीलाई अगष्टको अन्तिममा यूएई लग्ने तयारी गरेका छन । यसका लागि बीसीसीआईले यूएईसँग अगष्टमा सम्पुर्ण जानकारी माग गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest