वेष्ट इन्डिज टस जितेर बलिङमा

इंग्ल्याण्ड र वेस्टइण्डिजबीचको तेस्रो तथा निर्णायक टेस्ट क्रिकेट आजबाट सुरु भएको छ । जसमा पाहुना टिम वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीकाबीचमा शुरु भएका पहिलो टेस्ट क्रिकेट सिरिजमा दुवै टिमले एक एक टेस्ट जितेकाले यो म्याच जित्ने सिरिज कब्जा गर्ने छ । यो म्याच ‘ड्र’ भए सिरिजपनि ‘ड्र’ हुने छ ।

यो म्याच पनि इंग्ल्याण्ड र वेस्टइण्डिज दुवै टिमका तीब्र गतिका बलरकै परीक्षा हुने अनुमान गरिएको छ । यस्तोमा जेम्स एन्डरसन, स्टुअर्ट ब्रोर्ड र जोफ्रा आर्चरको प्रदर्शन मुख्य हुने अपेक्षा गरिएको छ ।

अहिलेसम्म ब्रोड र एन्डरसन एकै साथ खेलेका छैनन् । सिरिजको निर्णायाक म्याच भएकाले दुवै जना हुने सम्भावना बढी छ । यस्तोमा क्वारेन्टिको बसाई पछि फर्किएका आर्चर पनि टिमका जोडिने सम्भावना पनि उत्तिकै छ ।

वेस्टइण्डिजका लागि शेनन गेब्रियल, अल्जारी जोसेफले तेस्रो म्याचमा पनि बलिङ कमाण्ड सम्हाल्नका लागि तयार छन् । यसैगरी कप्तान जेसन होल्डरको प्रदर्शन पनि राम्रो छ ।

वेस्टइण्डिजको नजर वेन स्टोक्सलाई चाँडै पभेलियन पठाउनेमा केन्द्रीत हुने छ । पहिलो टेस्टमा जीत दर्ता गरेको वेस्टइण्डिजले दोस्रो टेस्ट स्टोक्सकै खेलका कारण गुमाउन पुगेको थियो । यसैगरी पछिल्लो म्याचमा शतक बनाएका डम सिब्लेको प्रदर्शन र जोस बटलरले पनि इंग्ल्याण्डलाई जित दिलाउन सक्छन् ।

वेस्टइण्डिजका ब्लाकवुड उत्कृष्ट फर्ममा रहेका छन् । पहिलो टेस्ट उनकै बलवुतामा जित हात पारेको थियो । दोस्रो म्याचमा पनि अर्धशतक उनले बनाएका थिए । यसैगरी ब्रुक्स र शाई होप पनि वेस्टइण्डिजका खम्वा हुन् । दुवै टिमलाई सिरिज जित्ने ५०–५० प्रतिशत चान्स रहेकाले यो टेस्ट रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest