प्रबन्ध निर्देशकका लागि बीसीसीआईले खाेल्याे आवदेन

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले प्रबन्ध निर्देशकमा रिक्त रहेको पोष्टका लागि नयाँ आवदेन खोलेको छ । केहि दिन अगाडी यसअघिका प्रबन्ध निर्देशक सबा करिमले राजिनामा दिएपछि त्यो पद रिक्त रहेको छ ।

बीसीसीआईमा नयाँ कार्यसमिती आएपछि राजिनामा दिने करिम चौथो ठुलो पदाधिकारी बनेका थिए । गांगुलीको अध्यक्षतामा रहेको बीसीसीआईका प्रमुख कार्यकारी अधिकृत राहुल जोहारी, सिएफओ सन्तोष रग्नेकर, एनसीएका सिओओ तुफान घोषले राजिनामा दिएका थिए ।

यसमा बढि काम गर्नुपर्ने पदका रुपमा रहेको प्रबन्ध निर्देशकका लागि बीसीसीआईले खुल्ला आह्वान गरेको छ । यसका लागि अगष्ट सात तारिखसम्मको डेडलाइन राखिएको छ । बीसीसीआईले यो पोष्टका लागि आएका आवदेनबाट छनोटमा परेकाहरुसँग ब्यक्तिगत अन्तर्वाता गर्ने भएको छ ।

नयाँ प्रबन्ध निर्देशकमा आउने ब्यक्तिले बीसीसीआईको भिजन र रणनितीलाई प्रमुख कार्यकारी अधिकृतसँग मिलेर गर्नुपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest