रंगभेदविरूद्ध दक्षिण अफ्रिकाकाे नयाँ याेजना

दक्षिण अफ्रिकी क्रिकेट संघले रेसिजमविरुद्ध लड्नका लागि नयाँ योजना सार्वजनिक गरेको छ । बोर्डको पारदर्शिता समितीले सामाजिक न्याय र राष्ट्रिय विकाश भनेर नयाँ योजना सार्वजनिक गरेको हो ।

रंगेभदविरुद्धका दक्षिण अफ्रिकी क्रिकेट समर्थक, त्यहाँको जनता र स्टकहोल्डर समुहहरुले बहिस्कार गर्न नसक्ने भएकाले यस्तो योजना ल्याएको बोर्डको भनाई छ ।

क्रिकेटमा पनि ब्ल्याक लाइभ्स म्याटर्सले ठुलो तहल्का मच्चाएको थियो । यसमा वेष्ट इन्डिजका खेलाडी डारेन सामीले पहिलो पटक धारणा राखेका थिए ।

रंगभेदका लागि दक्षिण अफ्रिकी बोर्डले एउटा कमिटी नै बनाएको जसले यसमा आएका सबै गुनासाहरुलाई हेर्नेछ । यसका लागि ओम्बुडास्मनलाई यसको जिम्मा अगष्टबाट दिइने भएको छ । यसका लागि छुटै फन्ड पनि तयार पारिने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest