इंग्ल्याण्ड तीन सय ६९ रनमा अलआउट

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो पारीमा घरेलु टिम इंग्ल्याण्ड तीन सय ६९ रनमा अलआउट भएको छ । दोस्रो दिनको विहानी शस्त्रमा इंग्ल्याण्डले तीन सय ६९ रनमा सबै विकेट गुमाएको हो ।

म्यानचेस्टरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड एक सय ११ ओभर पाँच बलमा अलआउट भयो । उसका लागि जोस बट्लरले ६७ रन बनाए भने ओली पपले सर्वाधिक ९१ रनको पारी खेले ।

यस्तै रोरे बन्र्सले ५७ रन बनाउँदा स्टुवार्ट ब्रोडले ६२ रन हिर्काए । उनको टेष्ट क्रिकेटमा यो १३ औं अर्धशतक हो । बलिङमा वेष्ट इन्डिजका केमर रोचले चार तथा सानोन गाब्रियल र रोस्टोन चेजले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest