वेष्ट इन्डिज १ सय ९७ रनमा समेटियाे

वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा इंग्ल्याण्डले पहिलो पारीमा एक सय ७२ रनको अग्रता बनाएको छ ।

म्यानचेस्टरमा टस हारेर पहिले ब्याटिङ गरेको पहिलो पारीमा इंग्ल्याण्डले बनाएको तीन सय ६९ रन पक्ष्याएको वेष्ट इन्डिज १ सय ९७ रनमा समेटिएकाे छ ।

वेष्ट इन्डिजका कुनैपनि खेलाडीले लामो पारी खेल्न सकेनन् । उसका ओपनर क्रेग ब्रेथवेट मात्र एक रनमा आउट भए भने जोन काम्पबेलले ३२ रन बनाए । यस्तै सेई होपले १७ रन बनाउँदा सम्राह ब्रोकले चार तथा रोस्टोन चेजले नौ रन मात्र बनाए । जिमेन ब्ल्याकउडले २६ रनको योगदान गरे ।

उसका लागि कप्तान जेसोन होल्डरले ४६ रन बनाए भने सेन डरिचले ३७ रन तथा जोन क्याम्पबेलले ३२ रन थपे । वेष्ट इन्डिजको पारीलाई ध्वस्त बनाउन स्टुवार्ट ब्रोडले ६ विकेट लिए भने जेम्स एन्डरसनले दुई विकेट हात पारे ।

यसअघि इंग्ल्याण्ड पहिलो पारीमा तीन सय ६९ रनमा अलआउट भयो ।

म्यानचेस्टरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड एक सय ११ ओभर पाँच बलमा अलआउट भयो । उसका लागि जोस बट्लरले ६७ रन बनाए भने ओली पपले सर्वाधिक ९१ रनको पारी खेले ।

यस्तै रोरे बन्र्सले ५७ रन बनाउँदा स्टुवार्ट ब्रोडले ६२ रन हिर्काए । उनको टेष्ट क्रिकेटमा यो १३ औं अर्धशतक हो । बलिङमा वेष्ट इन्डिजका केमर रोचले चार तथा सानोन गाब्रियल र रोस्टोन चेजले दुई दुई विकेट लिए ।

 

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest