पाकिस्तान सुपर लिगको खेलहरु हुन कठिन

पाकिस्तान सुपर लिगको पाँचौ संस्करणको बाँकी रहेका खेलहरु हुन कठिन भएको छ । कोरोना भाइरसपछि अन्तराष्ट्रिय क्रिकेट सुरु भइसकेको छ । तर सबै देशको तालिका ब्यस्त रहेको छ ।

त्यसमा सेप्टेम्बर देखि नोभेम्बरसम्म आइपीएल हुने तालिका छ । जसका कारण पीएसएलका बाँकी खेल हुन निकै मुस्किल रहेको बताइएको छ ।

जसका कारण पीएसएलले मोटो रकम बच्ने बताइएको छ । यो प्रतियोगिताको बाँकी खेल गरिएमा साढे चार देखि पाँच लाख रुपैयाँ खर्च हुने अनुमान छ भने आम्दानी मात्र ५० लाख रुपैयाँ हुने बताइएको छ ।

पाकिस्तान क्रिकेटका प्रमुख एहसान मनीले पीएसएलको बाँकी खेलहरु पाकिस्तान बाहिर नहुने प्रष्ट पारेका छन । किनकी प्रत्यक्ष प्रशारण गर्ने कम्पनीसँगको सम्झौतामा पाकिस्तान बाहिर नहुने भनिएको छ । यसका साथै प्रतियोगिताका लागि बैंक ज्ञारेन्टी पनि जरुरी रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest