तेस्राे टेष्टमा इंग्ल्याण्डकाे बलियाे पकड

वेष्ट इन्डिजविरुद्धको तीन टेष्टको सिरीजको अन्तिम खेलमा इंग्ल्याण्डले बलियाे पकड बनाएकाे छ । तेस्रो दिनको खेल सकिदासम्म वेष्ट इन्डिजलाई हराउँन आठ विकेट बाँकीरहेको छ ।

म्यानचेस्टरमा टस हारेर पहिले ब्याटिङ गरेको पहिलो पारीमा इंग्ल्याण्डले तीन सय ६९ रन बनाएकाे थियाे । उसका लागि जोस बट्लरले ६७ रन बनाए भने ओली पपले सर्वाधिक ९१ रनको पारी खेले ।

यस्तै रोरे बन्र्सले ५७ रन बनाउँदा स्टुवार्ट ब्रोडले ६२ रन हिर्काए । उनको टेष्ट क्रिकेटमा यो १३ औं अर्धशतक हो । बलिङमा वेष्ट इन्डिजका केमर रोचले चार तथा सानोन गाब्रियल र रोस्टोन चेजले दुई दुई विकेट लिए ।

जवाफमा वेष्ट इन्डिज १९७ रनमा समेटिएकाे थियाे । वेष्ट इन्डिजका कुनैपनि खेलाडीले लामो पारी खेल्न सकेनन् । उसका ओपनर क्रेग ब्रेथवेट मात्र एक रनमा आउट भए भने जोन काम्पबेलले ३२ रन बनाए । यस्तै सेई होपले १७ रन बनाउँदा सम्राह ब्रोकले चार तथा रोस्टोन चेजले नौ रन मात्र बनाए । जिमेन ब्ल्याकउडले २६ रनको योगदान गरे ।

पहिलो पारीमा एक सय ७२ रनको अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो पारीमा थप दुई सय २६ रन जोड्दै इंग्ल्याण्डलाई तीन सय ९९ रनको लक्ष्य दिएको थियो । इंग्ल्याण्डले दोस्रो पारीमा दुई विकेटको क्षतीमा २२६ रन बनाएपछि पारिको घोषणा गरेका थियो ।

इंग्ल्याण्डका लागि दोस्रो पारीमा रोरे बुन्र्सले ९० रन बनाए भने डोम सिब्लेले ५६ तथा कप्तान जोय रुटले ६८ रनको पारी खेले ।

त्यसपछि दोस्रो पारी खेलेको वेष्ट इन्डिजले १० रनमा नै दुई विकेट गुमाएको छ । उसका जोन काम्मबेलले खाता खोल्न सकेनन् भने केमर रोच चार रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest