विश्वकप सुपर लिगकाे मिति घाेषणा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले विश्वकप सुपर लिगको घोषणा गरेको छ ।

आइसीसीले सोमबार एकदिवसिय विश्वकप छनोटको रुपमा रहेको सुपर लिगको घोषणा गरेको हो ।

आइसीसीले जुलाई ३० तारिखबाट इंग्ल्याण्ड र आयरल्याण्डको खेलबाट सुपर लिगको सुरुवात गर्ने भएको छ । १३ टिमको सहभागिता रहने प्रतियोगितामा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड्सको सहभागिता रहनेछ ।

सन् २०१५–१७ सम्म भएको विश्वकप सुपर लिगको विजेताका कारणले नेदरल्याण्ड्सले यो प्रतियोगितामा सहभागिता जनाउन पाएको हो ।

प्रतियोगितामा होम एण्ड अवेका आधारमा चार चार सिरिज खेलिनेछ । यो प्रतियोगिताको शिर्ष सात टिमले भारतमा २०२३ मा हुने एकदिवसिय विश्वकपमा स्थान बनाउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest