ओनीक दुई बर्षको प्रतिबन्धमा

बंगलादेशका बायाँ हाते तिब्रगतिका बलर क्वाजी ओनीक दुई बर्षको प्रतिबन्धमा परेका छन । सन् २०१८ मा नेशनल क्रिकेट लिगका बेला भएको डोपिङ परिक्षणमा असफल भएपनि उनलाई बोर्डले अहिले दुई बर्षको प्रतिबन्ध लगाएको हो ।

ओनीकलाई बंगलादेश क्रिकेट बोर्डले आफ्ना सबै कार्यक्रमको सूचीबाट हटाएको छ । बीसीसीले जारी गरेको विज्ञेप्तीमा कक्स बजारमा भएको नेशनल लिगका बेला भएको डोपिङ परिक्षणमा उनी असफल भएको र उनी आफैले प्रतिबन्धित औषधीको प्रयोग गरेका स्विकारेको बताएको छ ।

यसका साथै बोर्डले लगाएको दुई बर्षको प्रतिबन्धलाई पनि उनले स्विकारेको जनाएको छ । आइसीसीको २०१८ का एन्टी डोपिङ नियम अनुसार उनले प्रयोग गरेको औषधी प्रतिबन्धित सूचीमा रहेको बताइएको छ ।

उनको दुई बर्षको प्रतिब्न्ध फेब्रेवरी नौ २०१९ बाट नै लागु भइसकेको छ । अब उनी फेब्रेवरी सात तारिखमा फेरी क्रिकेटमा फर्किन पाउनेछन । ओनीक २०१९ मा भएको यू १९ विश्वकप क्रिकेटमा बंगलादेशका लागि धेरै विकेट लिने खेलाडी थिए ।

उनले सिनियर टिमबाट पनि पहिलो श्रेणीमा १५ विकेट लिएका थिए । यस्तै लिष्ट ए मा २६ खेलमा ४१ विकेट लिएका छन भने नौ टी २० मा ११ विकेट हात पारेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest