आयरल्याण्ड विरुद्ध सिरीजका लागि इंग्ल्याण्ड टिमकाे घाेषणा

आयरल्याण्ड विरुद्धको एकदिवसिय सिरीजका लागि इंग्ल्याण्डले १४ खेलाडीको नामावली सार्वजनिक गरेको छ । जसमा चार बर्षपछि रिची टोप्लेलाई टिममा बोलाइएको छ ।

यो साता हुने आयरल्याण्डविरुद्धको तीन एकदिवसिय सिरीजका लागि इंग्ल्याण्डले आज टिमको घोषणा गरेको हो । जसमा साम बिलिङ, लियम डोसोन र डेविड वेली टिममा फर्किएका छन । उनीहरु वेष्ट इन्डिज विरुद्धको टेष्ट सिरीजका लागि टिममा थिएनन् ।

यस्तै इंग्ल्याण्डले तीन जना नयाँ खेलाडीलाई पनि टिममा स्थान दिएको छ । जसमा रिचार्ड ग्लिसोन, लुइस ग्रिगोर र लियम लिभिङस्टोन रहेका छन । इयोन मोर्गनका कप्तानीमा रहेको टिममा फिल साल्ट रिजर्भ खेलाडीमा रहेका छन ।

गत साता इंग्ल्याण्डले मोयन अलीलाई उपकप्तानको जिम्मेवारी दिएको थियो । इंग्ल्याण्डले जुलाई ३० मा पहिलो एकदिवसिय खेल खेल्नेछ भने अगष्ट एक तारिखमा दोस्रो खेल हुनेछ । तेस्रो खेल अगष्ट चार तारिखमा हुनेछ । सबै खेल रोस बोलमा हुनेछ ।

इंग्ल्याण्ड टिम

इयोन मोर्गन (कप्तान) मोयन अली, जोनी ब्रेस्टो, टोम बान्टोन, साम विलिङ, टोम कुरान, लियम डासोन, जोय डेन्ली, सकिव महमोद, अदिल रासिद, जेसोन रोय, सिची टोप्ले, जेम्स भिन्स, डेविड वेली

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest