आइपीएल आयोजनाका लागि यूएईलाई पत्राचार

इन्डियन प्रिमियर लिग आइपीएलको आयोजनाका लागि भारतीय क्रिकेट बोर्डको प्रस्ताव पाएको इमिरेट्स क्रिकेट बोर्डले पुष्टि गरेको छ ।

कोरोना भाइरसका कारण यूएईमा गर्न लागिएको आइपीएल आयोजनाका लागि बीसीसीआईले पत्र पठाएको इसीबीले जनाएको छ ।

उसले आफ्नो आधिकारीक ट्विटरमा बीसीसीआईको आधिकारीक पत्र हामीले पाएको र अब भारत सरकारको निर्णयको पर्खाईमा रहेको बताएको छ । त्यसपछि दुबै पक्षविच सम्झौता हुने उल्लेख गरेको छ ।

टी २० विश्वकप र एशिया कप यो बर्ष नहुने भएपछि त्यो समयमा बीसीसीआईले आइपीएल गर्न लागेको हो । भारतमा कोरोनाको महामारी झन बढेपछि बीसीसीआईले यूएईको प्रस्तावलाई स्विकार्दै आइपीएल त्यहाँ गर्ने निर्णय गरेको हो ।

यसअघि सन् २०१४ मा पनि भारतमा चुनाव हुँदा आइपीएलको पहिलो चरण यूएईमा गरिएको थियो । यसपटक यूएईको तीन वटा मैदानमा प्रतियोगिता हुनेछ । जसमा आबुधावी, दुबई र सारजाहाँमा यो प्रतियोगिता खेलाइनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest