सिलवाल नयाँ सदस्य सचिव

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त भएका छन् । खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रिपरिषद्को आज बसेको बैठकले निवर्तमान सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेको हो ।

खेलकुद विकास ऐन २०४८ अनुसार यसअघि सदस्यहुँदै सदस्य सचिव भएका सिलवाल नयाँ ऐन लागू भएपछि पदमुक्त भएका थिए । त्यसपछि युवा तथा खेलकुदमन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सदस्य सचिव सिफारिस समिति गठन गरिएको थियो ।

उक्त समितिमा २७ जनाले दरखास्त दिएकोमा तीन जनाको नाम खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई सिफारिस गरिएको थियो । मन्त्री विश्वकर्माले मन्त्रिपरिषद्मा लगेको प्रस्तावमा छलफल गर्दै सिलवाललाई नियुक्त गरेको हो । सिलवालसँगै भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई उछिन्दै सिलवाल सदस्य सचिव भएका हुन ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सिलवाल नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी सचिव सरहको सेवा सुविधाका साथ राखेपका सदस्य सचिव भएका हुन् । उनले मंगलबार रोखेपमा पुगेर पदभार ग्रहण गर्ने बताइएको छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest