सन्दिप सीपीएल खेल्न जाने संभावना बढ्याे !

क्यारेवियन प्रिमियर लिग खेल्न सन्दिप लामिछाने विहिबार वेष्ट इन्डिज जाने संभावना बढेको छ ।

सीपीएल खेल्नका लागि सन्दिपलाई नेपाल सरकारको सहयोगमा चार्डट उडानबाट जाने संभावना रहेको छ । सन्दिपका ब्यवस्थापक रमन सिवाकोटीले मन्त्रालयले चार्टडबाट पठाउने खबर गरेको र अहिले कुन उडान र कुन देशबाट ट्रान्जिट भएर जाने भन्ने एकिन नभएको बताए । साथै उनले भोली दिउँसोसम्म सबै कुरा टुंगो लाग्ने समेत बताए । उनले संभवत विहिबार नभए शुक्रबार सन्दिप सीपीएलका लागि जाने कुरा भइरहेको छ, तर अहिले नै एकिन भने नभएको बताए ।

कोरोना भाइरसका कारण लकडाउन हुँदा अन्तराष्ट्रिय उडान नभएको हुँदा उनलाई चार्टड फ्लाइटबाट पठाउनुको विकल्प नभएको बताए । उनलाई पठाउनका लागि सन्दिपका ब्यवस्थापक सिवाकोटी सहितको टिमले पछिल्लो तीन चार दिन निकै दौडधुप गरेको थियो ।

जसका लागि उनीहरुले खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालयमा पनि जानकारी गराएका थिए । सीपीएल आयोजकले अगष्ट एक तारिखसम्म सबै खेलाडीलाई ट्रिनाडमा पुगिसक्नुपर्ने भनेर खवर गरेका थिए । जसका कारण सन्दिप जाने की नजाने भन्नेमा विचमा अन्योल भएको थियो ।

अब सन्दिपलाई पठाउन सरकारले नै सहयोग गर्ने भएपछि उनी जाने लगभग पक्का भएको छ । भदौ दुई गतेबाट सुरु हुने सीपीएलका लागि सन्दिप साउन १७ गते पुगिसक्नुपर्नेछ । त्यसपछि सबै टिमले आफ्नो खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राख्नेछ । त्यसपछि स्वास्थ्य परिक्षण गरेर प्रशिक्षणमा फर्काउने छ ।

आयोजकले प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरेको छ । जसमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम जमैका तलावाजले पहिलो खेलमा सेन्ट लुसियासँग खेल्ने भएको छ । अगष्ट १८ तारिखबाट सुरु हुने सीपीएलका लागि ट्रिनिबागो नाइट राइटर्सले गुयना वारियर्ससँग खेल्ने भएको छ । सोहि दिन बार्बाडोस ट्रिडेन्ट्स र सेन्ट किट्स र नेभिसविच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताका लिग चरणमा हरेक दिन दुई खेल हुनेछन । सेप्टेम्बर आठ तारिखमा पहिलो सेमिफाइनल हुने भने सोहि दिन नै दोस्रो सेमिफाइनल हुनेछ । फाइनल खेल सेप्टेम्बर १० तारिखमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest