श्रीलंकन प्रिमियर लिग क्रिकेट अगष्ट २८ तारिखबाट

श्रीलंकन प्रिमियर लिग क्रिकेट अगष्ट २८ तारिखबाट सुरु हुने भएको छ । सन् २०१२ बाट पहिलो पटक आयोजना हुन लागेको लिगमा पाँच टिमको सहभागिता रहनेछ । जसमा ७० अन्तराष्ट्रिय खेलाडीको सहभागिता हुनेछ ।

पछिल्लो केहि महिनादेखि श्रीलंकामा प्रिमियर लिग हुने चर्चा भएपछि बल्ल आएर बोर्डले प्रतियोगिताका बारेमा आधिकारीक जानकारी दिएको हो ।

तर यो प्रतियोगिता गर्नका लागि श्रीलंकन श्वास्थ्य मन्त्रालयले स्विकृती दिनुपर्नेछ । कोरोना भाइरसका कारण श्रीलंकामा धेरै असर भने परेको छैन । किनकी त्यहाँ कोरोनाका कारण कफ्र्यु र लकडाउन भएको थिएन ।

श्रीलंकन क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत एस्ले डी सिल्भाले विदेशी खेलाडी प्रशिक्षकलाई कसरी ल्याउने भन्नेमा धेरै गृहकार्य नभएपनि आन्तरीक छलफल भइरहेको बताए । बोर्डले श्रीलंकन सरकारले खेलाडीको बसाई र अरु खर्चमा सहयोग गर्ने आशा गरेको छ ।

जुलाई ३० तारिखसम्म सबै प्रायोजकको टुंगो लाग्ने र त्यसपछिको एक सातामा टिमका मालिक फाइनल हुने बताइएको छ । श्रीलंकामा रहेका चार वटा डे नाईट स्टेडियममा यो प्रतियोगिता हुने बताइएको छ । पाँच वटा टिमको नाम पाँच वटा शहरबाट राखिनेछ । जसमा कोलोम्बो, गाले, जाफ्ना, डम्बुला, केन्डी रहनेछन । तर कुनैपनि टिमको घरेलु मैदान भने हुनेछैन ।

यसअघि बोर्डले २०१८ मा लंका प्रिमियर लिग आयोजनाको घोषणा गरेको थियो, तर त्यो बेला धेरैले इच्छा नदेखाएपछि रद्द गरिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest