अफगानिस्तान क्रिकेट बाेर्डले सिइओ हटायाे

अफगानिस्तान क्रिकेट बोर्डले आफ्ना प्रमुख कार्यकारी अधिकृत लुतफुल्लाह स्टानिक्जाईलाई बर्खास्त गरेको छ ।

बोर्डले सिइओको काम परिणाम मुखी नभएको र चित्त बुझ्दो नभएको भन्दै हटाएको हो । बोर्डसँग लुतफुल्लाहको सम्झौता सकिन अझै दुई बर्ष बाँकी रहेको थियो ।

उनले बोर्डका पदाधिकारीसँग राम्रोसँग ब्यवहार नगर्ने गरेको बोर्डको भनाई छ । उनलाई तत्कालबाटै लागु हुनेगरि हटाइएको बोर्डले जनाएको छ । उनलाई जुलाई २९ सम्म गरेको कामलाई बोर्डले मान्यता दिन बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest