ईङ्गल्याण्डविरूद्धको टेष्ट सिरीजका लागि पाकिस्तान टिमकाे घाेषणा

ईङ्गल्याण्डविरूद्धको टेष्ट श्रृंखलाका लागि पाकिस्तानले २० सदस्यीय टिमको घोषणा गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले सोमबार सार्वजनिक गरेकाे टिममा वाहाब रियाज र पूर्व कप्तान सरफराज एहमद समावेश गरिएकाे छ । तर पीसीबीले अनुभवी ब्याट्सम्यान ईफ्तिखार एहमदलाई राखेकाे छैन ।

पूर्व कप्तान सरफराजलाई टिममा युवा मोहमद रिजवानसँगै वैकल्पिक विकेटकिपरको रुपमा छनौट गरिएको छ । टिममा युवा स्पिनर कशिफ भट्टी पहिलो पटक छनौट भएका छन् । यस्तै फवाद आलम सन् २००९ पछि पहिलापटक पाकिस्तानको टेष्ट टिममा अटाएका छन् ।

ईङ्गल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले पहिलो टेष्ट म्यान्चेस्टरस्थि ओल्ड ट्राफोर्डमा अगस्ट ५मा खेल्नेछ ।

पाकिस्तान टिम
अजर अली, बाबर अजाम, अबीद अली, असाद साफिक, फाहिम अर्सफ, फवाड अलाम, इमाम उल हक, इमरान खान, कसिफ भाटी, मोहम्मद अब्बास, मोहम्मद रिजवान, नसिम शाह, सरफराज अहमेद, सादाव खान, साहिन अफ्रिदी, सान मसुद, सोहेल खान, उस्मान सिनवारी, वाहेब रियाज, यासिर शाह

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest