नेपालले खेल्ने त्रिकाेणात्मक सिरीजकाे मितीका लागि आइसीसी प्रस्ताव

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तगर्त नेपाल, नामिविया र स्कटल्याण्डको सिरीजका लागि आइसीसीले सबै देशलाई उपयुक्त समयका लागि पत्राचार गरेको छ । जसमा यो सिरीजका लागि तीन वटै देशसँग उपयुक्त समयका लागि अन्तिम छलफल गरेपछि सिरीजको मिती फाइनल हुने भएको छ ।

आइसीसीले नामिबिया, स्कटल्याण्ड र नेपाल क्रिकेट संघलाई यसअघि कोरोना भाइरसका कारण स्थगित भएको यो सिरीजलाई नामिवियामा नै गर्ने योजना आइसीसीका रहेको छ ।

क्यानसँग आइसीसीले मागेको जवाफमा क्वारेन्टिनको समस्या नभएमा र अन्तराष्ट्रिय उडान खुलेमा प्रतियोगितामा भाग लिने जवाफ पठाएको छ । यो विषयमा थप छलफल हुने आइसीसीले बताएको थियो ।

नेपाल, स्कटल्याण्ड र नामिविया विचको सिरीज अप्रिलमा हुने तालिका थियो । तर कोरोनाका कारण यो प्रतियोगिता सरेको हो । यस्तै नेपालले पीएनजी र स्कटल्याण्डमा खेल्ने सिरीज पनि स्थगित भएको थियो ।

यो विषयमा क्यानका सचिवसँग सोध्दा, आइसीसीले सिरीजका लागि संभावित मिती कुन हुनसक्छ, र कुन समयमा खेल्दा उचित होला भनेर सल्लाह मागेको थियो, त्यो विषयमा जवाफ पठाएपछि आगामी दिनमा फेरी छलफल गरिने भनेर पठाएको थियो ।

तर त्यसपछि कुनै कुरा नभएको, बाहिर बाहिर २० सेप्टेम्बर भनेर समाचार आएको छ, तर आइसीसीले हामीलाई आधिकारीक कुनै खबर नगरेको र आधिकारीक नआउँदासम्म केहि भन्न नसकिने बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest