इंग्ल्याण्डले जित्याे सिरीज

वेष्ट इन्डिज विरुद्धको तीन टेष्टको सिरीज इंग्ल्याण्डले जितेको छ । तेस्रो तथा अन्तिम टेष्टमा वेष्ट इन्डिजलाई २६९ रनले हराउँदै इंग्ल्याण्डले सिरीज जितेको हो ।

इंग्ल्याण्डले दिएको तीन सय ९९ रनको लक्ष्य पक्ष्याएको वेष्ट इन्डिज दोस्रो पारीमा मात्र एक सय २९ रनमा अलआउट भयो । दोस्रो पारीमा उसका पाँच खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सेइ होपले सर्वाधिक ३१ रन बनाए । वेष्ट इन्डिजको पारीलाई ध्वस्त पार्न स्टुवार्ट ब्रोडले चार विकेट लिए । यो खेलमा उनले करियरको पाँच सय टेष्ट विकेटपनि पुरा गरेका छन । यस्तै क्रिस वक्सले पाँच विकेट हात पारे ।

यसअघि पहिलो पारीमा इंग्ल्याण्डले तीन सय ६९ रन बनाएको थियो । जवाफमा वेष्ट इन्डिज मात्र एक सय ९७ रनमा अलआउट भयो । त्यसपछि इंग्ल्याण्डले दोस्रो पारीमा दुई सय २६ रनमा दुई विकेटको क्षतीमा पारीको घोषणा गरेको थियो । जसका कारण वेष्ट इन्डिजले तीन सय ९९ रनको लक्ष्य पाएको थियो । चौथो दिनको खेल बर्षाले विथोलिएपनि अन्तिम दिन इंग्ल्याण्डको धारीलो बलिङ अगाडी वेष्ट इन्डिज टिक्न सकेन र अलआउट भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest