सन्दीप लामिछाने सीपीएल खेल्न विहीबार जाने

नेपाली खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भोलि (विहीबार) विहान जाने भएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभएपनि उनी चार्टड उडानमार्फत त्यसतर्फ जान लागेका हुन् । उनी अमेरिका हुँदै सीपीएल खेल्न ट्रिनिडाड पुग्ने छन् । अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला सरकारसँग आग्रह गरेपछि सवै व्यवस्था सरकारले मिलाएको थियो । सन्दीप विहीबार विहान साढे १० मा नेपालबाट हुने चार्टड उडानबाट जाने तय भएको बताइएको छ ।

सीपीएल आयोजक र टिम जमैका तलवाहले अगष्ट एक तारिखसम्म  ट्रिनाड पुग्न भनेको थियो । यो बीचमा अन्तर्राष्ट्रिय उडानका कारण उनको यात्रा अनिश्चित जस्तै भएको थियो । तर, अन्तिम समयमा दौडधुप गरेपछि सन्दीप जाने समय र फ्लाइट पक्का भएको हो । सन्दीपले सिपीएल खेल्न जानका लागि मंगलबार कोरोना भए नभएको बारे पीसीआर परीक्षण पनि गराएका थिए । ।   उनको रिपोर्ट बुधबार आउनेछ ।

सीपीएल आयोजकले प्रतियोगित खेल्न आउनु अघि आफ्नो देशमा पीसीआर परीक्षण गरेको रिपोर्ट लिएर आउन पनि भनेको थियो ।

उनी विहिबार काठमाडौंबाट उडे पनि आइतबार वेष्ट इन्डिज पुग्नेछन् । लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दिप यसपटक जमैका तालावाजबाट खेल्दै छन् । जसमा उनी एक लाख ३० हजार अमेरीकी डलरमा अनुबन्ध भएका छन् ।

सन्दीपको टिम सीपीएलको फाइनलमा पुगेमा त्यसको नौ दिनपछि फेरी इन्डियन प्रिमियर लिग खेल्न उनी यूएई पुग्नुपर्नेछ । आइपीएल यूएईमा हुने पक्का भइसकेको छ । तर खेल तालिका र नियमका बारेमा अगष्ट एक तारिखमा आइपीएलको गर्भनिङ काउन्सिलको बैठक रहेको छ । त्यसले निधो गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest