कीर्तिपुरका कामदारलाई सन्दिपकाे एक लाख सहयोग

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले कीर्तिपुर क्रिकेट मैदानका कर्मचारीहरुलाई एक लाख सहयोग प्रदान गरेका छन् ।

मैदानको रेखदेख तथा मर्मतमा काम गरिरहने कर्मचारीहरुलाई सन्दिपले सहयोग स्वरुप सो रकम दिएका हुन् । क्यारेवियन प्रमियर लिग खेल्नका लागि जमाइका जाँदै गरेका सन्दिपले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसको घोषणा गरेका हुन् ।

कीर्तिपुर मैदानमा १५ जना कर्मचारीहरु छन् ।

क्यारेवियन प्रिमियर लिग खेल्नका लागि सन्दिप भोली विहान १० बजे चार्टर्ड उडानमार्फत अमेरिका हुँदै जमाइका पुग्नेछन् । पत्रकार सम्मेलनमा सन्दिपले आफू नयाँ टिमबाट खेल्नका लागि उत्साहित रहेको प्रतिक्रिया दिए ।

लडाउनका कारण आराम गर्ने मौका मिलेकोले लिगमा आफ्नो प्रदर्शन राम्रो हुने आशा ब्यक्त गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest