क्यारेबियन प्रिमियर लिग सीपीएलका लागि नेपाली खेलाडी सन्दिप लामिछाने वेष्ट इन्डिज पुगेका छन ।
सन्दिप गएराति वेष्ट इन्डिजको सेन्ट लुसिया पुगेका हुन ।
सन्दिपले नै सीपीएलपछि खेल्ने इन्डियन प्रिमियर लिगको टिम दिल्ली क्यापिटल्सले अगष्टको तेस्रो साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआई सेप्टेम्बर १९ बाट लिग गराउने तयारी गरेका बेला दिल्ली क्यापिटल्सले अगष्ट १५ बाट प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ ।
तर त्यसका लागि दिल्ली टिमले बीसीसीआईसँग अनुमति लिन बाँकी रहेको छ ।
यस्तैमा आइपीएलको गर्मनिङ काउन्सिलको बैठक आज बस्दैछ ।
त्यसले आइपीएलको क्वारेन्टिनको समय, खेल तालिका लगायतको निर्णय गर्ने बताइएको छ ।
Discussion about this post