आइपीएलका लागि दक्षिण अफ्रिकी खेलाडीकाे चुनाैती

इन्डियन प्रिमियर लिगका टिम मालिकहरु दक्षिण अफ्रिकी खेलाडीको सहभागिताको निर्णय कुरिरहेका छन । पछिल्लो पटक कोरोनाका कारण दक्षिण अफ्रिकामा अरु देशमा आवतजावत गर्न बन्द गरिएको छ । जसका कारण दक्षिण अफ्रिकाका खेलाडी जो क्यारेवियन प्रिमियर लिगमा विक्रि भएका थिए, उनीहरुले आफ्नो सम्झौता रद्द गरेका छन । तर देशमा बोर्डर लकडाउन कहिलेसम्म हुन्छ भन्ने एकिन नुहँदा अब आइपीएलका टिम मालिकपनि उनीहरुको निर्णय कुरिरहेका छन ।

जसका कारण टिमका मालिकले दक्षिण अफ्रिकी खेलाडीको स्थानमा अरु खेलाडीलाई राख्नका लागि आइपीएलको गर्भनिङ काउन्सिलको बैठकमा छलफल गर्ने भएको छ ।
आइपीएलका लागि दक्षिण अफ्रिकी खेलाडी इमरान ताहिर चेन्नेईबाट खेल्न आउने संभवाना रहेको छ । किनकी उनी पाकिस्तान सुपर लिग खेल्न जाँदा अहिलेसम्म पाकिस्तानमा नै छन । उनले सीपीएलपनि खेल्ने बताइएको छ ।

दक्षिण अफ्रिकी खेलाडी अनुबन्ध गरेको बैंगलोरलाई बढि समस्या देखिएको छ । किनकी त्यो टिममा एबी डिभिलियर्स, क्रिस मोरीस र डेल स्टेन रहेका छन । यस्तै चेन्नेईमा पनि फाफ डुप्लिसिस, लुंगी नेगिडी छन । दिल्लीबाट खेल्ने कागिसो राबाडा र क्विनटोन डी कक पनि आउने नआउने टुंगो छैन ।

दक्षिण अफ्रिकी खेलाडी नआएको खण्डमा को खेलाडीलाई लिने भन्ने एकिन भएको छैन । केहि टिमले भने श्रीलंकन खेलाडीलाई अनुबन्ध गर्ने योजना बनाएका छन । तर अगष्ट २८ बाट श्रीलंक प्रिमियर लिग हुने तालिका हुँदा त्यो पनि कठिन देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest