पुबुदु अमेरीकी फ्रेन्चाइजी लिग टिमकाे प्रशिक्षक

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दशानायेके अमेरीकामा हुदै आएको मिनोर क्रिकेट लिग अन्तर्गत न्यू जर्सी फ्रेन्चाइजी टिमको प्रशिक्षक बनेका छन ।

इमर्जिङ क्रिकेटले जनाएअनुसार ५० बर्षे पुबुदुले नेपाली टिमको प्रशिक्षकबाट बाहिरीएपछि अमेरीकाको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । त्यो पदबाट पनि हटेपछि उनी नेपालमा हुने भनिएको एभरेष्ट प्रिमियर लिग अन्तर्गत भैरहवा टिमको प्रशिक्षक बनेका थिए । तर कोरोनाका कारण इपीएल स्थगित भएको थियो ।

उनले प्रशिक्षक करियर सम्हालेपछि निरन्तर सफलता हासिल गरिरहेका छन । क्यानडाको प्रशिक्षक हुँदा २०११ को विश्वकपमा स्थान बनाएका थिए भने नेपाललाई टी २० विश्वकप खेलाएका थिए । यस्तै अमेरीकाको प्रशिक्षक भएपछि उनले टिमलाई विश्व क्रिकेट लिग डिभिजन चारबाट एकदिवसिय मान्यतासम्म पुर्याएका थिए ।

पुबुदुकै प्रशिक्षणमा २०१९ को मार्चमा अमेरीकाले एकदिवसिय मान्यता पाएको थियो ।

तर टी २० विश्वकप छनोट अगाडी उनले अमेरीकी टिमबाट राजिनामा दिएका थिए ।

श्रोत्:इमर्जिङ क्रिकेट,
यो समाचार इमर्जिङ क्रिकेटमा पहिले पटक प्रकासित गरिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest