आइपीएल गर्ने भारत सरकारकाे स्विकृती

भारतीय सरकारले इन्डियन प्रिमियर लिग टी-२० क्रिकेट युएईमा गर्नका लागि अनुमति दिएकाे छ ।

आईपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट युएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएकाे बताएकाे छ ।

बीसीसीआईले याे सिजनकाे आइपीएल यूएईमा सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म गर्ने याेजना बनाएकाे थियाे । जसका लागि अन्तिममा सरकारकाे स्विकृती कुरिरहेकाे थियाे ।

यसका साथै प्रतियाेगितामा सहभागि हरेक टिममा २४ खेलाडी राख्न पाउने नयाँ नियम बनाएकाे छ । यस्तै बैठकले आईसीसीले नयाँ नियम अनुसार बैकल्पिक खेलाडीकाे नियमलाई समेत प्रयोगमा ल्याउने भएकाे छ ।

यसका साथै याे सिजनकाे आइपीएल यसअघि ताेकिएकाे मिती भन्दा २ दिन बढि हुने भएकाे छ । बीसीसीआईले यसअघि फाइनल ८ वा १० मा गर्ने भन्न‍े २ वटा मिती राखेकाे थियाे । तर अब नाेभेम्बर १० तारिखमा सकिने पक्का भएकाे छ ।

प्रतियाेगितामा आइतबार दिनकाे दुई खेल हुनेछन् भने अन्य दिन एउटा मात्र खेल हुने भएकाे छ ।

बैठकले यस संस्करणको टाईटल स्पोन्सर चिनिया कम्पनी भिभोलाई नै निरन्तरता दिने निर्णयपनि गरेकाे छ ।

याे पटककाे आइपीएलमा खेलहरु नेपाली समय अनुसार राती पाैने ८ बजेबाट खेल हुनेछन । तर खेलमा दर्शककाे उपस्थितीका बारेमा भने अर्काे बैठकमा निर्णयन गर्ने भएकाे छ । यता यूएई क्रिकेट बाेर्डले आइपीएलका बेला ३५ प्रतिशत दर्शक राख्न सरकारसँग प्रस्ताव गर्ने बताएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest