विश्वमा हुने विभिन्न ६ वटा फ्रेन्चाइजीले समयमा खेलाडीकाे पैशा नदिएकाे खुलासा

विश्वमा हुने विभिन्न फ्रेन्चाइजी लिग खेल्ने कुल खेलाडीको एक तिहाई खेलाडीले आफुले पाउने रकम समयमा नपाएको समस्या रहेको एक तथ्यांकले देखाएको छ ।

मेन्स ग्लोबल इम्प्लोयमेन्ट रिपोर्टले २०२० को तथ्यांक फेडेरेसन अफ इन्टरनेश्नल क्रिकेटर्स एसोसियसनलाई बुझाएको छ । जसमा ३४ प्रतिशत खेलाडीले समयमा रकम नपाएको गुनासो गरेका छन ।

विश्वमा हुने विभिन्न ६ वटा फ्रेन्चाइजी लिगमा यस्तै समस्या रहेको बताइएको छ । जसमा ग्लोबल टी २० क्यानडा, बंगलादेश प्रिमियर लिग, आबुदावी टी १०, कतार टी १०, यूरो टी २० स्लाम र मास्टर्स च्याम्पियन लिग रहेका छन ।

समयमा रकम नदिने लिगमा बंगलादेश प्रिमियर लिग फुल मेम्बरका खेलाडीले सहभागिता जनाएको प्रतियोगिता हो ।

गत बर्ष ग्लोबल टी २० मा खेलाडीले रकम नपाएको भन्दै खेल्न नै अस्विकार गरेका थिए । त्यसपछि आर्थिक समस्या हुँदा सुरु हुने भनिएको दुई सातापछि नै स्थगित गरिएको थियो ।

एफआइसीएले खेलाडीलाई समयमा नै रकम नदिँदा आइसीसीले पनि एक्सन लिनुपर्ने बताएको छ । रकम नदिने लिगहरुलाई बन्द गराउनुपर्ने सो रिपोर्टमा लेखिएको छ ।

त्यो रिपोर्टमा २७७ जना खेलाडीमा गरेको सर्भेमा ५३ प्रतिशत खेलाडी कुनैपनि बोर्डको केन्द्रिय सम्झौता भन्दा बाहिर रहेकाले खेल्ने गरेको बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest