ट्राेट इंग्ल्याण्डकाे ब्याटिङ सल्लाहकार

इंग्ल्याण्ड क्रिकेट टिमका पूर्व खेलाडी जोनाथन ट्रोटले पाकिस्तानविरुद्धको सिरीजका बेला इंग्ल्याण्ड टिमको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन ।

सन् २००९ देखि २०१५ सम्म इंग्ल्याण्डको राष्ट्रिय टिमबाट खेलेका जोनाथनलाई बोर्डले ब्याटिङ सल्लाहकारका रुपमा राखेको छ । उनले इंग्ल्याण्डबाट ५२ टेष्ट खेलेका थिए ।

इंग्ल्याण्ड टिममा न्यूजिल्याण्डका पूर्व स्पिनर जितन पटेल स्पिन बलिङ प्रशिक्षक र ग्रेमी वेल्स तिब्र गतिको बलिङ प्रशिक्षक बनेका छन ।

जोनाथनले सन् २००९ मा करियर सुरु गर्दादेखि २०१३ सम्म विश्वमा राम्रो ब्याट्सम्यानका रुपमा परिचय बनाएका थिए । जसमा उनले तीन हजार सात सय ६३ रन बनाएका थिए ।

सन् २०११ मा उनी आइसीसी बर्षको उत्कृष्ट खेलाडीको पुरस्कार पनि पाउन सफल भएका थिए । २०१५ मा उनले करियरको अन्तिम टेष्ट खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest